मकवानपुर– मकवानपुर जिल्लाको जिल्ला स्तरीय वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

जिल्ला समिक्षाका अवसरमा जिल्ला समन्वय समिति मकवानपुरले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने व्यक्ति एवम् संघ संस्थालाई सम्मान गरेको छ । समीक्षा बैठकको उद्घाटन शत्रमा मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न व्यक्तित्व तथा संघसंस्थाहरुलाई सम्मानपत्र एवम् कदर पत्रद्धारा सम्मानीत गर्नुभएको हो । सो अवसरमा हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठलाई जिल्लाको स्वास्थ्य क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मानित गरिएको छ ।

यस्तै कोभिड बिरामीको उपचारकालागि पु¥याउनुभएको योगदानको कदर गर्दै हेटौंडामा सञ्चालित आइसोलेशन कक्षका प्रमुख भोला चौलागाई र मकवानपुर जिल्लामा पहिलो व्यवसायिक तिलफल(ड्रागन फ्रुट) उत्पादन गर्ने मनहरीका किसान हरिशरण अर्याल, हेटौंडा–८ का तेक्वान्डोका अन्तराष्ट्रिय पदक विजेता खेलाडी नारायण थिङ्लाई सम्मानपत्रद्धारा सम्मनीत गरिएको छ ।

त्यस्तै जिल्लामा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने तथा कोभिड नियन्त्रणका सन्र्दभमा जिल्ला समन्वय समितिलाई प्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने उद्योग परीसंघ बागमती प्रदेश, उद्योगसंघ मकवानपुर, उद्योग वाणिज्य संघ मकवानपुर, प्लान ईन्टरनेसनल, सामुयायिक विकास केन्द्र नेपाल (सीसीडीएन), श्रीकृष्ण प्रणामी सेवा समिति, सहयोगी मन नेपाललाई कदरपत्र एवम् प्रशंसापत्रद्धारा सम्मानीत गरिएको हो । उहाँहरुलाई मुख्यमन्त्री पौडेलले सम्मान पत्र एवं प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।