मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरले सरुवा भएर जान लाग्नु भएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको विदाई गरेको छ । जिससले आज आयोजना गरेको जिल्ला स्तरीय समिक्षा कार्यक्रममा जिसस प्रमुख रघुनाथ खुलालले प्रजिअ नेपाललाई मायाको चिनो सहित विदाई गर्नुभएको हो ।
विदाई कार्यक्रममा जिसस प्रमुख खुलालले प्रजिअ नेपालले मकवानपुरमा रहदाँ प्रसासनका तर्फबाट गर्नुभएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा जिसस प्रमुख खुलालले प्रजिअ नेपालको कार्य कुशलताको प्रशंसा गर्दै आगामि कार्यकालको शुभकामना समेत व्यक्त गर्नभयो ।
कार्यक्रममा प्रजिअ नेपालले मकवानपुरमा जिल्ला समन्वय समिति र जिसस प्रमुखले खेल्नु भएको र कार्यकुशलताको प्रशंसा गर्नुभयो । उहाँले मकवानपुर जिल्लामा जिल्ला समन्वय समितबाट सिकेका कुरालाई अन्य जिल्लामा समेत प्रयोगमा ल्याउने बताउनुभयो । उहाँले रहेक काममा जिसस प्रमुख खुलालले गर्नुहुने सहजिकरण र समन्वय प्रशंसनीय रहेको बताउनुभयो । करीब ७ महिना मकवानपुरमा रहेर काम गर्नुभएका प्रजिअ नेपाल सरुवा भएर छिमेकी जिल्ला बाराको प्रजिअको रुपमा जान लाग्नुभएको हो ।