मकवानपुर – सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धक छिटै नियुक्त गर्न मजदुर सङ्गठनहरूले माग गरेका छन् । पुस मसान्तदेखि महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल सकिएसँगै महाप्रबन्धक विहीन बनेको हेटौँडा सिमेन्ट उद्योगमा महाप्रबन्धक नियुक्त गर्न तीन वटा मजदुर सङ्गठनले माग गरेका हुन् ।
नेपाल औद्योगिक मजदुर सङ्घ, नेपाल कारखाना श्रमिक सङ्घ र समग्र उद्योग ट्रेड युनियन नेपालले महाप्रबन्धक नियुक्त गर्न माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् । महाप्रबन्धक नहुँदा उद्योगको समग्र उत्पादन, आर्थिक एवम् प्रशासनिक काम प्रभावित बनेको भन्दै महाप्रबन्धकको कार्यकाल सकिनु अघि नै महाप्रबन्धक समयमै नियुक्त गर्न आग्रह गरिएको छ । उद्योगमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्बाट एक जनालाई महाप्रबन्धक नियुक्त गर्ने व्यवस्था छ ।