बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको आफ्नै घरको शौचालयमा लडेर मृत्यु भएको छ । सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका बस्याललाई उपचारका लागि अस्पताल लगिएकोमा अस्पताल पुर्याए लगत्तै चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिएको थियो । समयमै अस्पताल पुर्याइए पनि बचाउन नसकिएको सोही वार्डका वडा सदस्य लीला श्रेष्ठले जानकारी दिनुभयो । बस्याल स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।