बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिकाे जितेकाे छ । आज शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपालले उपाधि जितेकाे हाे ।
नेपालका लागि सुशीला केसीले खेलकाे १४ औँ मिनेटमा गाेल गरिन् । पहिलाे हाफमा नेपाल एक–शून्यले रह्याे । तर खेलकाे ५४ औँ मिनेटमा रुमा अख्तेरले गाेल गर्दै बङ्गलादेशलाई एक–एक गाेलकाे बराबरीमा ल्याइन् । त्यसपछि खेलकाे ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गाेलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।
याे बराबरीसँगै नेपालले चार खेलमा १० अङ्क जाेड्याे । अङ्क तालिकाकाे शीर्ष स्थानमा रहेकाे नेपालले उपाधि जितेकाे हाे । बङ्गलादेश चार खेलमा सात अङ्कसहित उपविजेता बन्यो । डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियाेगितामा नेपालले यसअघि पहिलाे खेलमा भुटानलाई सात–शून्य, दाेस्राे खेलमा बङ्गलादेशलाई एक–शून्य गाेल अन्तरले हराएकाे थियाे । अर्को खेलमा नेपालले भुटानलाई एक–शून्य गाेल अन्तरले हराएको थियो ।