मकवानपुर– मकवानपुरमा आईतबार थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परिक्षणमा मकवानपुर जिल्लाका ६६ जना र जिल्ला बाहिरका एक जना गरि ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । चौलागाईका अनुसार आज २६ जना महिला र ४१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उहाँका अनुसार संक्रमण पुष्टि भएका मध्ये हेटौंडा उपमहानगरका विभिन्न वडाका २१ महिला र ३६ जना रहेका छन्, । त्यस्तै, थाहानगरका ४ जना, मनहरीका १ जना, भीमफेदीका २ जना, मकवानपुरगढीका २ जना र जिल्ला बाहिर घर भएका काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।