प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिका सार सङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पूरा भएको अवसरमा आज सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै उहाँले सुशासन, सामाजिक न्याय, समृद्धि, कूटनीति, विपद् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धन लगायत क्षेत्रमा भएका मुख्य प्रगति सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रयास गर्दागर्दै हुन नसकेका काम र राज्य संयन्त्रलाई माथिल्लो तहबाटै जबाफदेही बनाउन आफू दृढ सङ्कल्पित रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले गर्नुभएको सम्बोधनको पूर्णपाठः