सिन्धुपाल्चोक– सिन्धुपालचोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेको गुफाडाँडामा शुक्रबार एकसाथ ७८ वटा झण्डा फहराईएको छ । राष्ट्रिय जलवायु दिवसको अवसरमा शुक्रबार ७७ जिल्लाका जिल्ला समन्वय समिति र नेपाल सरकारका वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले एक गरि ७८ वटा झण्डोत्तलन गरिएको हो ।

जलवायु परिर्वतनले पु¥उयाएको असरलाई न्युनिकरण गर्ने तथा सोको बारेमा जनचेतना फैलाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । जलवायु परिवर्तनको प्रभाव र असरको बारेमा छलफल हुने गरि सिङ्गो मुलुककै ध्यान आकृष्ट गराउनका लागि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा कार्यक्रम भएको हो । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा तथा वन तथा बातावरणमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । झण्डोत्तलन गर्दै मन्त्री बस्नेतले जलवायु परिर्वतनले मानव जिवनमा नकारात्मक प्रभाव पर्दै गएका भन्दै यसको न्युनिकरणकालागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिले कामको प्रशंसा गर्दै जलवायु परिर्वतन र यसबाट पर्ने प्भावका बारेमा व्यापक जनचेतना फैलाउन आवश्यक रहेको बताउनभयो ।
कार्यक्रममा ७८ वटा झण्डोत्तलन गर्नुका साथै, पालिका स्तरिय वत्तृत्वकला, जलवायु प्रतिमामा पुष्पगुच्छा अर्पण तथा सार्क खेलमा स्वर्ण पदक जित्ने सिन्धुपाल्चोकका खेलाडीलाई सम्मान गरिएको थियो । गत वर्ष पौष १५ देखि १७ सम्म राष्ट्रिय जलवायु सम्मेलन उक्त स्थानमा यो वर्ष दिवस मनाइएको हो । गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

फाेटाे फिचर