हेटाैंडा– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना संक्रमित मुलुकले अहिले नै लकडाउन खुकुलो बनाए संक्रमणले भयावह रुप लिने चेतावनी दिएको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रस  एड्हानोम गेब्रिससले कोरोना विश्व महामारी विरुद्धको लडाईमा अर्थतन्त्र प्रभावित भएपनि कोरोना रोकथामका उपाय तत्कालै खुकुलो बनाउने समय नभएको बताउनु भएको छ । चीनले कोरोना भाइरस उत्पति भएको उहान सहर खुला गरेको र युरोपेली मुलुकले अर्थतन्त्र जोगाउन लकडाउनलाई खुकुलो बनाउने बारे सोच्दै गर्दै डब्लुएचओबाट यस्तो चेतावनी आएको हो ।