युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मंगलवार राति दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । सिटीले घरेलु मैदानमा भएको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गर्यो । सिटीको जितमा केभिन डे ब्रुयनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे ।
बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् । दोस्रो लेगमा सिटीले एट्लेटिकोको मैदानमा १४ तारिखमा आतिथ्य पाउनेछ । अर्को खेलम लिभरपुलले बेन्फीकामाथी ३-१ को सहज जित निकाल्यो । लिभरपुलको जितमा इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले एक एक गोल गरे । पोर्चुगिज क्लबका लागि डार्विन नुनेजले सान्त्वना गोल गरे । अब लिभरपुलले १४ तारिखमा हुने दोस्रो लेगमा बेन्फिकालाई घरेलु मैदानमा स्वागत गर्नेछ ।