इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको छ । गएराती भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै बेंगलोरले दोस्रो जित निकालेको हो ।
१७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । बेंगलोरको जितमा विकेटकिपर दीनेश कार्तिकले सर्वाघिक ४४ रन बनाए । कप्तान फाफ डु प्लेसिसले २९ रन बनाए । राजस्थानका युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले समान २ विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेको थियो ।राजस्थानका जस बटलरले सर्वाधिक ७० रन बनाए । शिम्रन हेटमायरले ४२ रनको योगदान गरे । बेंगलोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए । बैंगलोरको यो दोस्रो जित हो भने राजस्थानको पहिलो हार हो ।