मकवानपुर – नेकपा एमालेले थाहा नगरपालिकाले आगामी स्थानीय निर्वाचन लक्षित गर्दै नगर कमिटी अध्यक्ष अच्युत्तम प्रसाद ढकालको संयोजकत्वमा ७ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शनिबार सम्पन्न नगर कमिटीको पूर्ण बैठक तथा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमबाट प्रतिवद्वता पत्र लेखन कमिटी, उम्मेदवार छनौट सहजकर्ता कमिटी गठन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश कमिटी सदस्य तथा संघीय निर्वाचन क्षेत्र इन्चार्ज सुवाश चन्द्र ठकुरीले प्रशिक्षण दिदै विगतमा एमालेले गरेका कामका आधारमा जनताले उचित मूल्यांकन गर्दै एमालेलाई पहिको पार्टी बनाउने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य बलराम बल, बुद्वरत्न मानन्धर, बरिना बल, जिल्ला सचिव नवीन सिग्देल र जिल्ला सचिवालय सदस्य बिष्णुप्रसाद ढकाल लगाएतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।