काठमाडौँ – नेपालमा आज थप ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ९ हजार ७ सय ८९ नमुना परीक्षण गर्दा ५ सय ७० मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमण मुक्त भएका छन् । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ लाख ४६ हजार ३ सय ३० जना मुक्त भएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या घटेसँगै देशभर १६ हजार ६ सय १६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ११ जना पुगेको मन्त्रालयले जनाएको छ ।











