k|wfgdGqL b]pjf ;ªlIfKt Oltxf; gfds k':ts ljdf]rg ub}{ sf7df8f}F, % kmfu'g M k|wfgdGqL z]/axfb'/ b]pjf laxLaf/ afn'jf6f/df g]kfnL sfFu|];sf] ;ªlIfKt Oltxf; gfds k':ts ljdf]rg ub}{ . t:jL/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी) राष्ट्रको हितमा रहेकाले संसद्बाट पास गर्ने कुरामा काँग्रेसमा एकमत रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण नभएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले पास फेल जे भए पनि एमसीसीलाई जनताका प्रतिनिधिहरूको मुख्य थलोका रुपमा रहेको संसद्बाट टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस राष्ट्रलाई हित हुने विषयमा निर्णय गर्न कसैसँग पनि नडराउने बताउनुभयो । नेपाली काँग्रेसका संस्थापक नेता एवं पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको योगदानलाई स्मरण गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले गरेका कामहरूलाई जनता समक्ष लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालका हरेका परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्व लिएको भन्नुहुँदै जनताको सहयोगबाट भएका परिवर्तनको संस्थागत गर्न र सत्य कुरा बोल्न काँग्रेस पछि नहट्ने पनि बताउनुभयो ।