युरोकप फुटबलमा वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा यी दुवै टिमले एक/एकको बराबरी गर्दै अङ्क बाँडेका छन् । खेलको ४९ औं मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बेलेले एक गोल गरे भने वेल्सका लागि खेलको ७४ औं मिनेटमा किफर मोरले गोल गरे । समूह ‘ए’ मा रहेका वेल्स र स्वीट्जरल्याण्डको १–१ अङ्क भएको छ । यो समूहमा रहेको इटलीको ३ अङ्क छ ।