नेपालमा आज थप ३ सय ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा आज ८ हजार ४ सय ३२ जनाको पिसीआर विधिबाट गरिएको परीक्षणमा ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
यसैगरी आज थप एक सय ४० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । हाल सम्म संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या १६ हजार ४ सय ९३ पुगेको छ । देशभर ६ हजार ७ सय ३८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । हालसम्म १० हजार ७ सय ५९ जना देशभरका विभिन्न क्वारेनटाइन स्थलमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यृ भएसँगै संक्रमणबाट मृत्यृ हुनेको संख्या ७९ पुगेको छ । संक्रमणबाट काठमाडौ महानगरपालिका १० मध्य बानेश्वर बस्ने ७६ वर्षीय पुरुष, कीर्तिपुर नगरपालिका बस्ने ६४ वर्षीय पुरुष, बाँके जिल्ला कोहलपुर नगरपालिकाका ७० वर्षिया महिला र पर्सा जिल्लाका ४५ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दात, नाक, आँखा तथा मुख सम्बन्धी आकस्मिक समस्या तथा अत्यावश्यक अवस्था आएमा मात्र उपचारका लागि अपस्पताल तथा क्लिनिक जान आग्रह गरेको छ । नियमित मिडिया व्रिफिङ्गमा डा.प्रकाश बुढाथोकीले दात, नाक, आँखा तथा मुखको उपचारमा नियमित हावाबाट चल्ने सामानको प्रयोग हुने भएकोले कोरोना संक्रमणको जोखिम बढी हुने भन्नुहुदै आकस्मिक समस्या बाहेकका अवस्थामा अस्पताल तथा क्लिनिक नजान आग्रह गनुभयो । डा.बुढाथोकीले दन्त उपचार विधिमा चिकित्सक र बिरामीबीच कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक बिरामीको प्राथमिकताका आधारमा सावधानी तथा सुरक्षाका मापदण्ड अपनाएर उपचार गर्न र गराउन चिकित्सक तथा बिरामीहरुमा अनुरोध गर्नुभएको छ ।