मकवानपुर– मदन भण्डारी फाउण्डेसन मकवानपुरद्धारा हेटौंडामा सञ्चालित खाद्य आदान प्रदान कार्यक्रम अन्तरगत बुधबार ७१ परिवारलाई सहयोग उपलब्ध गराईएको छ । हेटौंडाको अटोल्याण्ड चोकमा संचालित अभियान अन्तरगत आज ७१ परिवारलाई सहयोग उपलब्ध गराईएको अभियानका संयोजक एवम् मदन भण्डारी फाउण्डेसन मकवानपुरका सदस्य उत्तम शर्मा न्यौपानेले जानकारी दिनुभयो ।
“हुनेले दिएर जाऔ नहुनेले लिएर जाऔ” भन्ने उदेश्यका साथ गत सोमबारबाट सञ्चालित अभियान अन्तरगत पहिलो दिन २५ जनालाई, मंगलबार हिजो ५१ जनालाई र आज ७१ जनालाई सहयोग उपलब्ध गराईएको उहाँले बताउनुभयो । साथै अभियानमा आज पनि विभिन्न व्यक्ति एवम् संस्थाबाट सहयोग प्राप्त भएको तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले स्वयम सेवकको रुपमा सहयोग प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।