नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । भारतबाट मूल्य हेरफेर भएर आएकोले नेपालमा पनि मङ्गलबार रातिदेखि लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको नेपाल आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय सात रुपैयाँ पुगेको छ । डिजल, मट्टीतेल, ग्यास र हवाई इन्धनको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।