प्रतिकारात्मक तस्विर

हेटौँडा । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ । हेटौँडा–६ सल्लाघारी क्षेत्रमा भएको घटनामा स्थानीय रामनगर निवासी ६१ वर्षका कमल बहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फागुन १४ गते साँझ ६ः३० मा सल्लाघारीको भित्री सडकखण्डमा (विजय पथं रामनगर तर्फबाट हात्तिलेट तर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले पैदल यात्री बोहरालाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवनको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाई छ । मोटरसाइकल चालक हेटौंडा-६, हात्तिलेटका ४२ वर्षीय बिदुर सापकोटा फरार रहेकोमा बिहीबार दिउँसो प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाउकाे छ ।