हेटाैंडा – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक गाडीमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीको आज बसेको बैठकले सार्वजनिक गाडीमा लागू गरिएको जोर–बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो । बैठकले सार्वजनिक गाडीमा भिड बढ्दा कोरोनाको जोखिम झनै बढेको निष्कर्श निकालेको छ । बैठकले ‘जिल्ल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले आफैँ पनि जोर–बिजोर हटाउन सक्ने भन्दै ‘प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रीपरिषदमा सिफारिस गरिएको जनाईएको छ । निजी गाडीको हकमा भने जोर–बिजोर प्रणाली लागू नै गर्न सिफारिस गरिएको छ । यस्तै यसअघि सिफारिस गरिएका डान्सबार, सिनेमा हल, क्लब लगायतलाई माघ मसान्तसम्म बन्द राख्न सिफारिस गरिएको छ ।