मकवानपुर – बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको विकास कसैले चाहेर पनि रोक्न नसक्ने बताउनु भएको छ । बिहीबार प्रदेश राजधानी हेटौंडा स्थित कुष्माण्ड सरोवर त्रिवेणी धाम जाने सडकको उद्घाटन गर्नुहुँदै उहाँले प्रदेशको राजधानी भएकाले पनि याहाँ कसैले नचाहेर पनि विकास हुने बताउनुभयो ।

हेटौंडा–९ स्थित जिल्लाकै महत्वपूर्ण धार्मिक पर्यटकिय स्थल कुष्माण्ड सरोवर त्रिवेणी धाम जाने उक्त सडक प्रदेश सरकारको करीब ८० लाखको लगानीमा स्तरोन्ती गरिएको हो । सो अवसरमा पूर्वमुख्यमन्त्री पौडेलले धार्मिक पर्यटकिय स्थानका रुपमा विकास हुँदै गएको उक्त स्थानको अझै विकास गर्दै लानु पर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले विकासका लागि सबैको सामुहि प्रयास आवश्यक रहने बताउनुभयो । लामो समय साघँरो बाटोका कारण समस्या खेप्दै आउका कुष्माण्ड टोलका जनताको सकृयतामा नै सडक स्तरोन्ती गर्न सम्भव भएको उहाँको भनाई थियो ।
कुष्माण्ड टोल विकास संस्थाका अध्यक्ष रामबहादुर थापा मगरको सभाध्यक्ष्ँतामा भएको कार्यक्रममा ९ नम्बर वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडा, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि लगायत स्थानीयको उपस्थिती थियो ।