सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गएको २४ गतेको बैठकले किजा पूजाको अवसरमा मङ्सिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति निकालेर किजा पूजाका लागि सार्वजनिक बिदा दिइएकाले यो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था र शिक्षण संस्थामा बिदा हुने जनाएको छ । नेवाः समूदायले काग तिहार र कुकुर तिहारसँगै लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटीका मनाउँदै आएका छन् ।
