काठमाडौँ– सत्तारुढ नेकपाभित्र चर्किएको सत्ता संर्घषले उत्पन्न आन्तरिक विवाद बढ्दै गएपछि यसको समाधानका लागि पार्टीका अध्यक्षद्वयले कार्यदल गठन गर्नुभयाे । पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले विवाद समाधानका केही उपायसहित आफ्नो प्रतिवेदन पनि बुझायो ।
प्रतिवेदनले प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै कार्यकाल सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा कार्यकारी हैसियतले काम गर्ने सुझाव दियो । यसका साथै मन्त्रिपरिषद् हेरफेर, प्रदेश सरकारमा फेरबदललगायतका कुरा पनि प्रतिवेदनमा समेटिएको छ ।