हेटाैंडा– पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या १८ हजार ८ सय ६ पुगेको छ ।
सोमबारको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म मुलुकभर १३ हजार ७ सय १५ जना आइसोलेसनमा रहेको जानकारी दिनुभयो। यस्तै, मुलुकभर ११ हजार २ सय ७५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । सोमबारसम्म मुलुकभर पीसीआर विधिबाट ६ लाख १० हजार ४६९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी, २४ घन्टामा जम्मा १० हजार २३४ पीसीआर परीक्षण भएको उहाँले जानकारी दिनुभयो ।