हेटौँडा । बागमती प्रदेश सभा सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । प्रदेशसभामा रहेका समितिहरुको अध्यक्षको निर्वाचन र आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट सम्बन्धी छलफलका लागि यही वैशाख २१ गते दिउँसो १ बजेका लागि बैठक आव्हान गरिएको हो ।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठकमा प्रदेशसभामा रहेका पाँच वटा समितिको अध्यक्षको निर्वाचन र आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट छलफल गर्ने क्रममा अधिवेशन आह्वानलगायत विषयमा छलफल हुने जानकारी दिनुभयो । संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई उक्त बैठकमा सहभागी हुन आफूले सूचना प्रवाह गरिसकेको उहाँले बताउनुभएको छ ।
उहाँले संसद्को आगामी अधिवेशनका विषयमा पनि उक्त सर्वदलीय बैठकमा छलफल हुने जानकारी दिनुभयो । प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकले मुख्यमन्त्री सालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिइसकेपछि यही वैशाख १२ गते प्रदेशसभाको चालु १३ औँ अधिवेशन अन्त्य गरिएको थियो ।