हेटौंडा– मकवानपुरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढेपछि नियन्त्रणका लागी आईतबारबाट सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को गतशुक्रबार बसेको बैठकले सवारीको चाप घटाउन र कोरोना संक्रमण फैलिन नदिन जोरविजोर प्रणाली लागू गरेको हो ।
आज जोर नम्बर प्लेट भएका सवारी साधन चलेका भएता पनि कम सवारी साधनको कारणले गर्दा झनै बढीमात्रमा अटो, ईरिक्सा, मयुरी, म्याजिक र बसहरुमा सर्वसाधरणहरुको भिड खचाखच देखिन पुगेकोले कोरोना संक्रमणको उच्च जोखिम रहेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले लागुगरेको जोरविजोर प्रणालीले झनै जोखिम निम्ताएको सर्वसाधरणहरु बताउन्छन । साथै मकवानपुरमा बैशाख मसान्तसम्म प्यार्टी प्यालेस, शैक्षिक संस्था, वनभोज खाने पार्कहरु समेत बन्द गरिएको छ । यस्तै सार्वजानिक स्थलमा मास्क नलगाउनेलाई संक्रमण रोग ऐन, २०३० बमोजिम कारवाही हुने बताएको छ भने आजैबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित १० वटै स्थानीय तहका पर्यटकीय स्थलहरु बन्द हुने भएको छ ।