हेटौंडा– १५ औं लोकतन्त्र दिवस तथा १३२ औं अन्र्तराष्ट्रिय मई दिवसको अवसरमा हेटौंडामा शिनबार रक्तदान कार्यक्रम भएका छ । संयुक्त अटो यातायात महासंघले आयोजना गरेको कार्यक्रममा १४० जनाले रक्तदान गरेका छन् ।

संयुक्त अटो यातायात महासंघका अध्यक्ष सुधिर थापाको सभाध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । रक्तदान कार्यक्रमको प्रमुख खुलालले ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । ब्लड व्याग हस्तान्तरण गर्नुहुँदै प्रमुख खुलालले कोरोना महामारीलाई ध्यानमा राख्दै कार्यक्रम गर्न आग्रह गर्नुभयो । कोरोना जोखिम बडेको अवस्थामा महासंघले देखाएको सकृयता प्रति प्रमुख खुलालले धन्यवाद समेत व्यक्त गर्नुभयो । कोरोना संक्रमणको जोखिम बढेसंगै रगतको खपत बढी भएपछि महासंघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । मकवानपुर लगायत अन्य जिल्लाको अस्पातलहरुमा रगतको अभाव भएसँगै संघसंस्थाहरुले रक्तदान कार्यक्रमलाई प्राथमिकता दिएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।