सांकेतिक तस्विर

हेटाैंडा– नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएसंगै मृत्यु हुनेको संख्या १५७ पुगेको बताउनुभयो ।
त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । गएको २४ घण्टामा ७४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार २५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा ७४३ जनामा सङ्क्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
त्यस्तै गएको २४ घण्टामा एक सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार आठ सय ६ पुगेको छ । अब नेपालमा १३ हजार सात सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ११ हजार दुई सय ७५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।