मकवानपुर– हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ स्थित सेतीदेवी टोलको एक घरमा मंगलबार बिहान आगलागी भएको छ। सेतीदेवी टोल स्थित सुधा बर्तौलाको घरमा आगलागि भएको हो ।

खाना पकाउने क्रममा भान्छाकोठामा ग्याँस लिक हुँदा आगलागी भएको ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । ९ नम्बर वडा कार्यालयको समन्वयमा हेटौँडा उपमहानगरपालिकाको दमकल मार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयको सहयोग आगलागी नियन्त्रणमा आएको थियो । खाना पकाउने कम्रमा ग्याँस लिक हुँदा आगलागी भएको र आगलागीबाट करिब ३ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ। आगलागीबाट मानविय क्षति नभएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।