file photo

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा भोलीबाट हेटौंडामा सुरु हुन लागेको जिल्ला स्तरिय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । जिसस मकवानपुरको आयोजना एवम् जिल्ला खेलकुद विकास समितको व्यवस्थापनमा भोलीबाट आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।
हेटौंडा–४ स्थित लोकतान्त्रिक हुप्राचौरमा हुने प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहको सहागिता रहेने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि चौर व्यवस्थापनलगायतका काम सम्पन्न भएको उहाँले बताउनुभयो । खेलकुदको विकास तथा खेलाडि उत्पादन गर्ने उदेश्यका साथ जिल्ला मै पहिलो पटक हुन लागेको प्रतियोगिताको उद्धाटन खेलमा हेटौंडा उपमहनगरपालिका र मनहरी गाउँपालिका बिच दिउसो २ बजेबाट प्रतियोगिता सुरु हुने उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधी विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाखरुपैयाँ प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने छन्। भने, प्रत्येक दिनको खेलको म्यान अफ दि म्याचलाई ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।