मकवानपुर– गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । भुमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको आयोजना तथा जिल्ला समन्वय समिति मकवानपुरको संयोजनमा कार्यक्रम भएको हो ।

मकवानपुरमा गरिब घरपरिवार पहिचान गर्नुपर्नेमा तथा परिचयपत्र वितरण गर्ने कार्य प्रारम्भ गर्नुपर्ने हुनाले आज जिल्लाका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतलाई सो विषयमा अभिमुखिकरण गराईएको हो । कार्यक्रमा जिल्लामा वस्तविक गरिब घरपरिवार पहिचान गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । गरीब पहिचान र परिचय पत्र वितरणमा तथ्याङ्क संकलन महत्वपुर्ण भएकाले वस्तुगत र वास्तविक गरीबको पहिचान हुनु पर्नेमा वक्ताहरुले जोड दिएका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भट्टलगायत मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता थियो ।