मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा चितवनको तासको स्वाद लिन पाईने भएको छ । तासको परिकार र स्वादकालागि प्रख्यात चितवनको भेटघाट रेष्टुरेन्टले शुक्रबारदेखि आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो ।
करिब २ करोडको लागानिमा हेटौंडा–१ चौकिटोलमा भेटघाट रेष्टुरेन्टको शाखा स्थापना भएको छ । रेष्टुरेन्टको बागमती प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जेलामा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण कुमार नेपालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण कुमार नेपालले राम्रो होटल व्यवसाय संचालनले पर्यटन प्रवद्धनमा समेत टेवा पुग्नुका साथै भ्रमण वर्षलाई सहयोग पुग्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा मन्त्री लामाले प्रदेशको राजधानी भएसंगै होटल व्यवसाय संचालनमा आउनु राम्रो पक्ष भएको बताउनुभयो । उहाँले व्यसायीलाई प्रवद्धन गर्न प्रदेश सरकारले सधैँ साथ दिने समेत बताउनुभयो ।
होटलका प्रमुख संरक्षक गोविन्दप्रसाद तिवारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य विजय सुवेदी, जिल्ल समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, मुख्यमन्त्री डाेरमणि पाैडेलका राजनितीक सल्लाहाकार जेएन थपलीयालगायतको सहभागिता थियो ।