आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले भारतलाई २०० रनकाे लक्ष्य दिएकाे छ । चेन्नईमा टस जितेर ब्याटिङ गरेकाे अस्ट्रेलिया ४९ ओभर ३ बलमा १ सय ९९ रनमा अल आउट भयाे ।
अस्ट्रेलियाका स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए । यस्तै डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए । बलिङतर्फ भारतका रवीन्द्र जडेजाले ३ तथा जसप्रीत बुमराह, रविचन्द्रन अश्विन र कुलदीप यादवले २/२ विकेट लिए । भारतले केहीबेरमा जवाफी ब्याटिङ सुरू गरेकाे छ । विश्वकपमा दुवै टाेलीकाे याे पहिलाे खेल हाे ।