हेटौंडा । स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १० वटै स्थानीयतहका स्वास्थ्य शाखा प्रमुखहरुकाे सहभागितामा दुई दिनसम्म हेटौंडामा समिक्षा कार्यक्रम भएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बार्षिक कार्यक्रम र भावी योजनाबारे प्रस्तुती प्रस्तुत गर्नुभएकाे थियाे । वार्षिक समिक्षाको अवसरमा स्वास्थ्यको सूचकको रुपमा थाहा, मकवानपुरगढी र हेटौंडालाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । दुईदिन चलेको समिक्षा कार्यक्रममा सरकारी, गैरसरकारी संघ संस्था, जिल्ला आयुर्वेद, अस्पताल र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समिक्षा कार्यक्रममा १० वटै स्थानीयतहका स्वास्थ्य शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । बर्षभरि गरेका कार्यक्रम र आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरुको बिषयमा छलफल भएको थियो ।