file photo

काठमाडौं – अमेरिकी अनुदान सहायताअमेरिकी आर्थिक सहायता मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभामा प्रस्तुत गर्ने विषयमा सत्ता साझेदार दलको बैठक आज बस्दैछ ।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी अनुमोदनका लागि संसद्मा प्रस्तुत गर्न प्रस्ताव गर्नु भएको छ भने अध्यक्ष द्वयले संसद् सुचारु गर्नु पर्ने र एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने अडानमा हुनुहुन्छ । यस अघि शुक्रवार पनि गठबन्धन दलका शिर्ष नेतासाँग यस विषयमा छलफल भएको थियो । यसैबीच प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयले बैठक दिउसो १ बजे बस्ने कार्यसूची सार्वजनिक गरेको छ ।