सरकारले भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि जेष्ठ ११ गते रातो मत्स्येन्द्रनाथकाे भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत जानकारी दिनुभयो ।
