सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा कोशीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी क्षेत्रमा एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । अरु ठाउँमा भने आजको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने तथा अरु ठाउँमा सफा रहने छ । अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रि– मनसुनका बेला मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।