मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ८५औं बोर्ड बैठक बिहीबार बसेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बोर्ड बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले जिससले वितरण गर्ने छात्रबृतिको कार्यविधि संसोधन गर्ने निर्णय गरेको छ । बैठकले मकवानपुर छात्रबृति वितरण कार्यविधि २०७७ को अनुसुचि १ मा संसोधन गर्दै आंसिक अपाङ्ग भएका विद्यार्थीहरुलाई समेत छात्रबृति उपलब्ध गराउने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
यस्तै बैठकले जिसस मकवानपुरको मौजदता कोषबाट जिल्लामा संचालित योजनाको प्रगति विवरण माग गर्ने तथा मौजाद कोषको कमबाट थाहा नगरपालिकालाई थप १० लाख रुपैया उपलब्ध गराउने निर्णय भएकाे उहँँले जानकारी दिनुभयाे । बैठकबाट बेरुजु फ¥छ्यौट कार्ययोजना स्वीकृत गर्नुका साथै मकवानपुर अध्ययन नामक अनुसंधान मुलक पुस्तक प्रकाशन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, गणेशकुमारी प्रधान, सिता अधिकारी, बुद्धिबहादुर मोक्तान, चित्रबहादुर बलामी, सरिता विक, समन्वय अधिकारी आननदराज पोखरेल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको उपस्थिती थियो ।