मकवानपुर – मकवानपुरको मकवानपुरगढीमा विहीबारबाट जारी जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिताको फाईनल खेल भोली (शनिबार) हुने भएको छ । आमभञ्ज्याङ युवा क्लबको आयोजना एवम् मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा जारी प्रतियोगिताको फाइनल खेलमा आयोजक र सहिद सुनिता स्मृति प्रतिष्ठान भिड्ने भएका छन् ।
यसअघि शुक्रबार (आज) भएको सेमिफाइनलमा आयोजक आमभञ्ज्याङ युवा क्लब (ए) ले आग्रा स्पोर्टलाई र प्रतिष्ठानले छहारी युवा क्लब नवलपुरलाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । सेमिफाइनलमा प्रतिष्ठानले छहारी युवा क्लब नवलपुरलाई २५–१७, २५–१३ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । यस्तै, दोस्रो सेमिफाइनल खेलमा आयोजक आमभञ्ज्याङ युवा क्लब (ए) ले आग्रा स्पोर्टलाई २५–१७, २५–१६, २५–२२, २५–२० र १५–६ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ रुपैयाँ तथा द्धितिय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । भने, प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार तथा वेष्ट स्पाइकर, वेष्ट सेटर र वेष्ट व्लकरलाई २÷२ हजार तथा अनुशासित टिमलाई ३ हजार पुरस्कार प्रदान गरिने छ ।
यस्तै प्रतियोगितामा तृतीय हुनेले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो स्थानकोलागि भोली नै सेमिफाइनलमा पराजित छहारी युवा क्लब नवलपुर र आग्रा स्पोर्टबीच हुने प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । लिग चरणमा खेलाईएको प्रतियोगितामा जिल्लाका १२ वटा टिमको सहभागिता रहेको छ ।