हेटौंडा – नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायलाई हेटौंडामा सम्मान गरिएको छ । कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरले हेटौंडामा आज एक कार्यक्रमको आयोजना गर्दै उपाध्यलाई सम्मान गरेको हो ।

नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती र ४६ औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा आयोजित राष्ट्रिय मेलमिलापमा किसुनजीको अन्तरनिहित भूमिकामाथी विचार बहस कार्यक्रममा सह–माहामन्त्री उपाध्यायलाई सम्मान गरिएको हो । यस्तै कार्यक्रमकै अवसर पारेर नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका निवर्तमान सभापति आनन्दराम पराजुली र नेपाली कांग्रेसका पुराना नेता अर्जुन थिङलाई पनि सम्मान गरिएको छ । स्मृति केन्द्रका अध्यक्ष विजेन्द्र अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सह माहामन्त्री महालक्ष्मी उपाध्याय डिनाकोे प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछाने, नगरसभापति उत्सव इटेनी, निर्वतमान नगरसभापति आनन्दराम पराजुली, केन्द्रका उपाध्यक्ष मन्जु खराल लगाएतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडा वडा नम्बर–९, का संयोजक छविरमण अर्यालको संयोजकत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य माधव आचार्य, अम्रिता थापा, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठलगाएत नेपाली कांग्रेस मकवानपुरका विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।