मकवानपुर – जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरको आठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । हेटौंडा–९, स्थित संघमा आवद्ध सदस्यहरुको उपस्थितीमा स्वास्थ्य मापदण्डको पालना गरेर साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा संस्थाका अध्यक्ष रामहरी न्यौपानेले संचालक समितिको तर्फबाट आ.व. २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८/०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नु भएको थियो । संस्थाको आर्थिक वर्ष २०७७/०७८ मा शेयर पुँजी एक लाख १५ हजार, बचत २० लाख ६७ हजार ७६५, जगेडा कोषमा २९ हजार १७ रुपैयाँ, अन्य कोषमा ५८ हजार ४०८, आयकर व्यवस्थापनमा एक हजार ४१८ रुपैयाँ र भुक्तानी दिनुपर्ने १६ लाख ७४५ रुपैयाँसहित कुल ३८ लाख ७२ हजार ३५४ रुपैयाँको कारोबार गरेको जनाईएको छ ।

प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष न्यौपानेले जिल्ला स्थित ३२ वटा मध्ये १९ वटा बहुउद्देश्यीय सहकारीहरु आवद्ध भई स्थापना भएको संघमा जिल्लाका सबै बहुउद्देश्यीय सहकारीहरुलाई अबद्ध गराउने आगामी योजना रहेको जानकारी दिनुभयो । बहुउद्देश्यीय सहकारीहरु सुदृढ र गतिशील हुन आवश्यक रहेको बताउनुहुँदै उहाँले संघमा आयस्रोतको कमीका कारण समेत काम गर्न समस्या रहेको बताउनुभयो ।
संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै समेत गर्दै आएको र संघको आस्रोत बृद्धिका लागि सहकारी पसलसमेत सञ्चालन गरेको उहाँले जानकारी दिनुभएकाे छ । उहाँले राज्यको तिन खम्बे अर्थनीति मध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संस्था अगाडि बढिरहेको तर राज्य पक्षबाट भने आवश्यक सहयोग प्राप्त नभएको गुनासाे गर्नुभयाे ।

अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा हेटौंडा–९, का वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता थियो । साधारणसभामा बागमती प्रदेश बचत तथा ऋण सहकारि संघका उपाध्यक्ष राधा सिन्तान, नारयणि बचत तथा ऋण सहकारीका अध्यक्ष जंगबहादुर गुरुङ्, शिवम सिमेन्टका क्षेत्रीय बिक्रि प्रबन्धक सनद गोतामेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारण सभामा नारायणि बहुउदेश्यका उपाध्यक्ष रामचन्द्र दाहाललगायत संघका कार्यसमिति सदस्यहरु र विभिन्न बुउदेश्य सहकारीहरुका प्रतिनिधिहरुको उपस्थिती थियो ।