काठमाडौँ – आज देशभरि थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय २६ जनाको नमुना परीक्षण गर्दा २ सय ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा २ सय ६३ जना कोरोनाबाट मुक्त भएका छन् ।
त्यस्तै, आज कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । देशभरि ५ हजार १ सय ६१ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् । यसैगरी, आज २ लाख ८२ हजार ६ सय ४१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसँगै कोरोनाको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९८ लाख ३८ हजार ३ सय ७६ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।