काठमाडौं – सर्वोच्च अदालतले ‘सिरियल किलर’ चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
शोभराजले उमेरका आधारमा कैद छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनी अहिले जगन्नाथदेवलमा थुनामा छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग कालिकास्थान, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाइएको थियो ।