मकवानपुर– मकवानपुरका स्थानीय तहहरुलाई सामाजिक दुरी कायम गरेर मात्र राहत वितरण गर्न आग्रह गरिएको छ । मकवानपुरमा कोराना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा गठन भएको कमाण्ड पोष्टको आईतबार बसेको बैठकले स्थानीय तहहरुलाई सामाजिक दुरी कायम गरेर मात्र राहत वितरणको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको उपस्थितीमा बसेको बैठकले राहत वितरणमा अत्याधिक भिडभाड भएको गुनासो आएको सन्र्दभमा सबै स्थानीय तहहरुले सामाजिक दुरी कायम गरेर मात्र राहत वितरणको व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । साथै नेपाल सरकारले तय गरेको मापदण्ड विपरीत केहि व्यक्ति तथा संघ÷संस्थाले आफुखुसी राहतको नाममा नगद वितरण गरेको सुचना प्राप्त भएकोले राहत वितरणका नाममा नगद वितरण नगर्न÷नगराउन सबैमा अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै राहत वितरणमा सुरक्षा निकायले अनुगमन गर्ने निर्णय समेत भएको प्रजिअ नेपालले जानकारी दिनुभयो ।