नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बस्दैछ । काठमाण्डौको बबरमहलमा आजदेखि सुरु हुने बैठकमा स्थानीय तह चुनावका लागि पार्टीको तयारीलगायत विषयमा छलफल केन्द्रीत हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेश अध्यक्षबाट रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठक भोलिसम्म चल्नेछ । अस्ति ७ गते बसेको पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीका लागि कार्यसूची तय गरेको थियो ।