मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौंडा उपमहानगरपलिका कमिटीको बैठक शुक्रबार बसेको छ । नगरकमिटी अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षता तथा एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बसेको तेस्रो पूर्ण बैठकले विभिन्न जिम्मेवारी बाँडफाड गर्नुका साथै चुनाव केन्द्रित निर्देशन समेत गरेको छ ।

No description available.

बैठकले २१ सदस्य नगर सचिवालयलाई पूर्णता दिनुका साथै विभिन्न विभागिय जिम्मेवारी बाँडफाड गर्नुका साथै आगामी स्थानीय तह केन्द्रित विभिन्न निर्देशन दिएको नगर कमिटी सचिव बोलबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकमा केन्द्रिय सदस्य राना, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनीलगायत नेताहरुले प्रशिक्षण समेत दिनुभएको उहाँले जानकारी दिनुभयो । बैठकले नगर कमिटीका १९ वटै वडाको रिपोर्टिङ गर्नुका साथै आगामी स्थानीय तह केन्द्रित भएर जिल्ला कमिटीले गरेको सर्कुलर पालना गर्न निर्देशन गरिएको उहाँले जानकारी दिनुभयो ।

No description available.

त्यस्तै बैठकले पार्टी कामलाई व्यवस्थित गर्न र पार्टी पंक्तिलाई रचनात्मक परिचालन गर्न जिम्मेवारी बाँडफाँड गर्नुका साथै नगर सचिवालय कमिटीलाई पूर्णता दिएको सचिव कार्कीले बताउनुभयो । बैठकमा एमाले प्रदेश कमिटी सदस्य एवं संगठन विभाग प्रमुख अनन्त पौडेल, प्रदेश कमिटी सदस्यहरु रघुनाथ खुलाल, गोपाल श्रेष्ठ, जिल्ला सचिव नवीन सिग्देललगायत जिल्ला कमिटी सदस्यहरु, नगरकमिटी सदस्यहरुको उपस्थिी थियो ।