मकवानपुर – मकवानपुर – हेटौंडामा रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले ग्रामिण क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको छ । २०६५ सालमा स्थापना भएको आँखा अस्पतालले मकवानपुरका् ग्रामिण क्षेत्रका नागरिकलाई सेवा सुविधा प्रदान गर्ने उदेश्यका साथ शुक्रबारबाट जिल्लाको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र सञ्चालनमा ल्याएको हो ।

ग्रामिण क्षेत्रमा सेवा सुविधा विस्तार गर्दै नागरिकलाई सेवा पु¥याउने लक्ष्य अनुसार शुक्रबारबाट मकवानपुरको पुर्वि बागमती गाउँपालिकामा आँखा केन्द्र सञ्चालनमा ल्याएको हेटौंडा सामुदायिक आँखा अस्पतालका अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले बताउनुभयो । उपचारको अभाव तथा आँखाको रोगको पहिचान र उपचार गर्न नसकी बस्नुपरेको नागरिकलाई गाउँमै सहज उपचारको पहुँमा ल्याउने उदेश्यका साथ शुक्रबारबाट बागमती गाउँपालिकामा सेवा विस्तार गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा बागमती गाउँपालिकाको झुरझुरेमा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रुपमा शुक्रबार सामुदायिक आँखा केन्द्र उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा अध्यक्ष घलानले आँखाका बिरामीहरुलाई हेटौंडासम्म जानुपर्ने बाध्यता हटाउन घर आँगनमा नै सहज उपचार गर्न आँखा केन्द्र संचालनमा ल्याइएको बताउनुभयो । उहाँले समयानुसार केन्द्रको सेवा विस्तारमा सहयोग गर्दै जाने बताउनु भयो ।
आँखा केन्द्र स्थापनाका लागि गाउँपालिकाले भवन र दुई जना कर्मचारीको व्यवस्थापन गरेको छ भने, तिलगंगा आँखा प्रतिष्ठानले उपकरण सहयोग गरेको छ । बागमती गाउँपालिकाले आँखा केन्द्रमा रहने एकजना नेत्र सहायक र एकजना सहयोगी कर्मचारीको मासिक तलब खर्चवापत करिब ६० हजार रुपैयाँ खर्च व्यहोर्ने छ । भने, तिलगंगा आँखा प्रतिष्ठानले १७ लाख रुपैयाँ बराबरको उपकरण उपलब्ध गराएको श्रेष्ठले बताउनुभयो । केन्द्रमा शुक्रबारदेखि नै आँखा जाँच कार्यक्रम शुरु भएको छ । केन्द्रमा आँखाजाँच, चश्मा जाँच, औषधि सेवा, सामान्य शल्यक्रिया र नियमति आँखा शिविरहरुको पनि कार्यक्रम रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले जानाएको छ । उद्घाटनको दिन शुक्रबार ५० जनाले सेवा लिएको आँखा केन्द्रमा दैनिक औसत २० जनाले सेवा लिने श्रेष्ठले बताउनुभयो ।
प्रष्ठिानले यसअघि ग्रामिण क्षेत्रमा सेवा प्रदान गर्ने उदेश्यका साथ मकवानपुरको थाहा नगरपालिकामा सेवा बिस्तार गरिसकेको छ भने मनहरी गाउँपालिकामा केहि दिनमै सेवा बिस्तार गरिने समेत उहाँले बताउनुभयो ।