मकवानपुर – हेटौंडामा जारी सातौं संस्करणको भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि एविसी भेट्रान्स पोखरा र नागस्वती भेट्रान्स हेटौंडा बिच प्रतिष्पर्धा हुने भएको छ । ४० वर्ष माथि उमेर समुहको भेट्रन्स कपमा शुक्रबार भएको सेमिफाइनल खेलमा एविसीले वानेश्वर भेट्रान्सलाई र नागस्वतीले बगर भाइखलक (ए) लाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
शुक्रबार भएको पहिलो सेमीफाइनलमा एविसीले वानेश्वर भेट्रान्सलाई ४–० गोलअन्तरले पराजित गरेको हो । एविसीको तर्फबाट खेलको ९ औं मिनेटमा महेन्द्र गुरुङले र १६ औं मिनेटमा सञ्जय गुरुङले एक÷एक गोल गर्नु भएको थियो । भने, ३५ र ३८ औं मिनेटमा हरि खड्काले २ गोल गर्नुभएको थियो । खेलको म्यान अफ द म्याच हरि खड्का घोषित हुनुभयो ।
त्यस्तै, आजै भएको दोस्रो सेमिफाइनलमा नागस्वती भेट्रान्स हेटौंडाले बगर भाइखलक (ए) लाई २–० गोलअन्तरले पराजित गरेर फाईनल प्रवेश गरेको हो । नागस्वतीको तर्फबाट खेलको ६ मिनेटमा निमा लामाले र ४४ औं मिनेटमा नरेल लिम्बुले गोल गर्नु भएको थियो । खेलको म्यान अफ द म्याच नरेन लिम्बु घोषित हुनुभयो ।
प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजे नागस्वती भेट्रान्स र एविसी पोखराबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खलाडी र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।