मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा २८ करोड बढीको लागतमा अन्तराष्ट्रिय स्तरको प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको छ । बागमती प्रदेश अन्तरगतको कृषि विकास निर्देशनालयको ७० र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण सुरु भएको हो । हेटौंडा–.११ थानाभ¥याङ स्थित २ विगाह ४ धुर क्षेत्रफलमा २८ करोड ३६ लाख ५५ हजार ९८३ रुपैंया लागतमा निर्माण हुन लागेको कुषि थोक बजारको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको हो ।

प्रादेशिक कृषिथोक बजारको शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री पौडेलले समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले ठेकेदारको कारण कुनै पनि काम समयमा सम्पन्न नहुनाले सबै दोष सरकारलाई आउने गरेको भन्दै समयमै काम सम्पन्न हुने गरी काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले तरकारी मात्र नभई उक्त कृथिा थोक बजार मार्फत मेची देखि महाकाली सम्मका सम्पूर्ण कृषि उपजहरुको अर्डर प्लाण्टको रुपमा स्थापित गराउने बताउनुभयो ।

May be an image of 3 people, people standing and people sitting

कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले राष्ट्रिय गौरवको आयोजना रहेकोले सम्पूर्ण नगरवासीहरुलाई एक भई निर्माण सम्पन्न गर्न आग्रह गर्नुभएको छ । परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गरि आधुनिक र व्यवसायिक बनाउनको लागी कृषि थोक बजारको स्थापना गर्न लागिएको मन्त्री लामाले बताउनुभयो । अन्तराष्ट्रिय स्तरको आधुनिक थोक बजारमा हुने सबै किसिमका सुविधाहरु यस बजारमा रहने मन्त्री लामाले बताउनुभयो । थोक बजारको २०८१ जेष्ठ ८ गते भित्र निर्माण सम्पन्न गर्ने गरि कृषि विकास निर्देशनालय र ए एन के माउन्टेन जे.भी. कमलपोखरीबीच सम्झौता भएको छ ।