थाहानगर, माघ १७ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) थाहा नगर कमिटीले आफ्नो चुनावी तयारीलाई तीव्र पारेको छ । शनिबार थाहा नगरस्थित जेसिस हलमा सम्पन्न नगर स्तरीय विस्तारित भेलाले निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बलराम बलको संयोजकत्वमा ९१७ सदस्यीय विशाल ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ ।
भेलाले निर्वाचनका विभिन्न पक्षलाई चुस्त बनाउन निम्न बमोजिमका जिम्मेवारी बाँडफाँड गरेको छ । निर्वाचन परिचालन कमिटी निर्माण गरेर त्यसको संयोजकमा बलराम बल, सह-संयोजकहरूमा चित्र बहादुर बलामी, अच्युतम ढकाल र कल्पना बलामी तथा सचिवमा सुरेन्द्रमान प्रधान चयन हुनुभएको छ । त्यसैगरी स्वयंसेवक परिचालनको जिम्मेवारी सुमन रायमाझीलाई प्रदान गरेको छ भने प्रचार कमिटीको जिम्मेवारी सुजन रायमाझीलाई तोकेको छ । आर्थिक व्यवस्थापनमा बिमल ढकाल संयोजक, अनुगमन कमिटीमा बुद्धरत्न मानन्धरको संयोजकत्वमा १७ सदस्यीय कमिटी निर्माण गरेको छ ।
यसका साथै थाहा नगरका १० वटै वडाहरूमा निर्वाचन परिचालन कमिटीका संयोजक र सह-संयोजकहरू समेत तोकिएको एमाले निर्वाचन फोकल पर्सन आशिष अस्लामीले जानकारी दिनुभयो ।
एमाले नेता गोकुल बास्कोटा प्रमुख अतिथि रहेको भेला मार्फत बास्कोटाले कानूनको अध्ययन र अभ्यास गरेका र सुभाष नेम्बाङको झल्को दिने, मृसुभाषी महेश बर्तौला सभामुख, मन्त्री जस्ता जिम्मेवारी सहजै निर्वाह गर्न सक्ने सक्षम व्यक्ति हो । तपाईंहरु बर्तौलालाई जिताएर पठाउनुहोस् भूमिकाले र अहिलेको माहोलले बर्तौला जस्ता शिक्षित युवा खोजेको हुंदा यस क्षेत्रको बिकासलाई थप सम्बोधन गर्न सक्ने गरिको जिम्मेवारी पार्टीले दिनेछ भनेर वताउनु भयो ।
कार्यक्रमका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले आफूले छोटो कार्यकालमा पनि जनताको सरोकारका विषयलाई संसदमा प्रभावकारी ढंगले उठाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “म संसद चल्दा संसदभित्र र नचल्दा जनताको दैलोमा छु । थाहा, भीमफेदी र राक्सिराङ जस्ता भूगोलका समस्यालाई सरकारसम्म पुर्याउन मैले कुनै कसर बाँकी राखेको छैन ।”
एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष हिदम लामाले बर्तौलालाई एमबिबिएस, एमपिए र एलएलबी जस्ता उच्च शिक्षा हासिल गरेका योग्य युवा उम्मेदवारको रूपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो, “जातजाति वा सम्प्रदायका नाममा हुने भ्रमबाट मुक्त हुनुहोस्। थाहा नगरको पहिचान र विकासका लागि बर्तौला नै सबैभन्दा उपयुक्त पात्र हुनुहुन्छ ।”
भेलामा नेपाली काँग्रेस परित्याग गर्दै ८६ वर्षीय वीर बहादुर गोले एमाले पार्टी प्रवेश गर्नु भएको छ । लामो समय नेपाली काँग्रेसमा आबद्ध रहनुभएका गोलेले एमालेको नीति र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गर्नुभएको हो ।
भेला मार्फत एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले आगामी माघ २० गते थाहा नगरका सबै वडाहरूमा एकैसाथ विस्तारित बैठक आयोजना गर्न निर्देशन दिनु भएको छ ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य ?भारती पाठक, प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला उपाध्यक्ष हिदम लामा, नेतृ कल्पना बलामी, रामहरी लामिछाने, अनेमसंघ जिल्ला सचिव सुशीला मल्ल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
महेश बर्तौलामा सुभाष नेम्बाङको झल्को देख्छु : गोकुल बास्कोटा
थाहामा निर्वाचन लक्षित ९१७ सदस्यीय परिचालन कमिटी गठन ।









